ADVERTISEMENT

‘दामी’ लुगा बनाउँदै तीन दाजुभाइ

दामी छ! – विशेषगरी युवा पुस्ताको जिब्रोको शब्द।
२ बैशाख २०८०, शनिबार १८:५४
२ बैशाख २०८०, शनिबार १८:५४

यसको अर्थ – निकै राम्रो छ।

यही शब्द र यसको अर्थलाई व्यवहारमा उतार्न लागिपरेका तीन युवा छन्– शुभम कार्की, सुवास अधिकारी र मनोज अधिकारी।

Advertisement

तीन जना नातेदार हुन्। सुवास र मनोज सहोदर दाजुभाइ, शुभम उनीहरूका मामाका छोरा।

उनीहरू साझेदार पनि हुन्। दाजुभाइ मिलेर व्यवसाय सुरू गरेका छन्। नाम हो– दामी छ!

‘दामी छ’ लुगाकपडाको नेपाली ब्रान्ड हो।

यसको यात्रा शुभमले वैदेशिक यात्रा छाडेपछि सुरू भएको थियो। कामको शिलशिलामा जापान, हङकङ, अष्ट्रेलिया लगायत विभिन्न देशमा करिब दुई वर्ष बिताएर शुभम नेपाल आए। नेपालमै केही गर्ने सोचेर फर्केका थिए।

के गर्ने, टुंगो भने थिएन!

उनलाई अस्ट्रेलिया हुँदाको एउटा घटना याद आयो।

एक जना साथीले आफ्नो ज्याकेटलाई सानो झोला (थैलो जस्तै) बनाएर देखाए। ज्याकेटलाई झोला अनि फेरि झोलालाई ज्याकेट बनाउन मिलेको देखेर शुभम दंग परे। एकभन्दा बढी प्रकारको वा प्रयोजनको बनाउन मिल्ने लुगालाई ‘कन्भर्टिबल’ भनिँदो रहेछ।

लेखकबाट थप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर