ADVERTISEMENT

बालेन शाहको अराजकता

मेयर बालेन शाहले शनिबारबाट सिंहदरबार र राष्ट्रपति भवनमा फोहोर उठाउन बन्द गर्ने निर्देशन दिएका छन्। उक्त काम गर्दै
२ बैशाख २०८०, शनिबार १८:५३
२ बैशाख २०८०, शनिबार १८:५३

यर बालेन शाहले शनिबारबाट सिंहदरबार र राष्ट्रपति भवनमा फोहोर उठाउन बन्द गर्ने निर्देशन दिएका छन्। उक्त काम गर्दै आएको निजी कम्पनी परिवर्तन नेपाललाई फोहोर नउठाउन निर्देशन दिएपछि मुलुकको प्रशासनिक केन्द्रसहित राज्यका संवेदनशील ठाउँहरूमा फोहोर थुप्रिन थालेको छ।

बालेनले फोहोर उठाउन बन्द गरेको सूचना दिँदै शनिबार आफ्नो फेसबुकमा एउटा स्ट्याटस लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

Advertisement

बालेनको यो अभिव्यक्ति र काम दुवै गैरजिम्मेवार र अराजक छन्। यसले मर्यादाका सीमाको कुनै ख्याल गरेको छैन।

सार्वजनिक पदमा बसेको मानिसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र त्यो पदको गरिमा राख्नुपर्छ। सार्वजनिक पदमा बस्ने अरूको गरिमाको पनि ख्याल गर्नुपर्छ। बालेनले भनेजस्तो ‘साँच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्छ’ भनेको के हो? यो आफैंमा घोर अराजक र अराजनीतिक अभिव्यक्ति हो। यसले अरू नेताबारे कम र बालेन शाह आफ्नै बारेमा धेरै बोल्छ।

सिंहदरबार होस् वा बागदरबार, त्यहाँ बस्ने नेताहरूका कमजोरी पनि छन् र सबल पक्ष पनि छन्। उनीहरूलाई यी दुवै ठाउँमा जनताले निर्वाचित गरेर पठाएका हुन्। सबै जना आ-आफ्ना सीमा र मर्यादामा बसेर मिलेर काम गरून् अनि मुलुकका समस्या समाधान गरून् भन्ने जनताको अपेक्षा छ।

बालेनमा भने आफू मात्र ठिक र अरू सबै ‘सिसडोलमा फाल्न लायक’ भन्ने मनोरोग देखिन्छ। उनले अरूको कामको आलोचना गर्न पाउँछन्, यसो गरौं भनेर सुझाव दिन पाउँछन्, हात बढाउन पनि पाउँछन् तर अरूलाई गाली गरेर, अरूमाथि दोष थुपारेर उनी आफ्नो जिम्मेवारीबाट भाग्न पाउँदैनन्।

सिंहदरबारको फोहोर नउठाउने आफ्नो निर्णयको बचाउ गर्दै उनले सोमबार संघीय सरकारका १४ वटा मन्त्रालयले आफूलाई के-के काममा असहयोग गरे भनेर फेहरिस्त सार्वजनिक गरेका छन्। उनले उठाएका बहुसंख्यक विषय उनको कार्यक्षेत्रभित्रका होइनन्। एक नागरिक र मेयरका रूपमा त्यसमा उनको सरोकार हुन सक्छ, उनले त्यसमा बोल्न र सुझाव दिन पनि पाउँछन्, तर आफ्नो जिम्मेवारी नै नभएको विषयमा अरूले सहयोग गरेनन् भनेर प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको फोहोर उठाउनबाट रोक्न पाउँदैनन्।

मेयरले सहयोग गरेनन् भनेर संघीय सरकारले पनि काठमाडौं महानगरपालिकामा जाने बजेट रोक्ने वा कर्मचारी नपठाउने काम जसरी अकल्पनीय र गैरजिम्मेवार हो, महानगरले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने कुरा त्यति नै अकल्पनीय र गैरजिम्मेवार हो। बालेन शाहले यही अकल्पनीय काम गरेका छन्।

उनले संघीय सरकाले सहयोग गरेन भनेका केही विषय हेरौं। उनले विभिन्न मन्त्रीलाई एक वा दुईपटक भेटेर याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी ल्याउने कार्यक्रमदेखि मेलम्चीको पानी

लेखकबाट थप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर