ADVERTISEMENT

सगरमाथा आधार शिविरमा आरोहीको ओइरो

सगरमाथा आधार शिविरमा आरोहीको ओइरो
१० बैशाख २०८०, आईतवार १०:४०
१० बैशाख २०८०, आईतवार १०:४०

सन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरमा उल्लेख्य संख्यामा आरोही पुगेका छन्।

आरोहणमा गएका आरोही र उनीहरूका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ। आधार शिविरमाथि दोस्रो शिविरसम्म आरोही पुगेका छन्। आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रंगीचंगी पाटले आधार शिविरमा रौनक छाएको छ।

Advertisement

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झण्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा पुगेका हुन्। उनीहरू सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतिक्षामा छन्। अहिले पनि विभागबाट धमाधम आरोहण अनुमति लिइरहेका छन्। केही आरोही बीचबाटोमा छन्।

विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले हालसम्म सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिए। उनले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताए। यो सिजनमा सगरमाथा आरोहणका लागि उत्साहवर्द्धक रूपमा धमाधम आरोही आइरहेको उनले उल्लेख गरे।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन्। दोस्रो शिविर भन्दामाथि पर्वतारोहण सञ्चालक संघ (एक्सपिडिसन अपरेटर्स एशोसिएसन)ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक संघले बाटो बनाउँदै आएको छ। यो सिजनमा इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको हो।

एसपिसीसीका अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथा आधार शिविरमा ३० आरोही समूहका आरोही पुगिसकेका छन्। केही आरोही बीचबाटौमै छन्। सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशी आरोही र पदयात्रामा गएका उल्लेख्य संख्याका  पर्यटकले यतिखेर खुम्बुक्षेत्र भरिभराउ भएको अध्यक्ष शेर्पाले बताए।

सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवर्द्धक हुने अनुमान गरिएको छ। सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने संकेत देखिएको बताए।

लेखकबाट थप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर