ADVERTISEMENT

एनएमबी बैंकले ल्यायो ‘सजिलो क्युआर कर्जा’

एनएमबी द फाइनान्सियल टाइम्स, लन्डनको 'द बैंकर' पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट
२ बैशाख २०८०, शनिबार १८:५८
२ बैशाख २०८०, शनिबार १८:५८

एनएमबी बैंकले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘नयाँ वर्ष, नयाँ धमाका’ नारासहित ‘एनएमबी सजिलो क्युआर कर्जा’ सुरू गरेको छ।

बैंकले सर्वसाधारणसम्म वित्तीय पहुँच सुनिश्चितताका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित आन्तरिक प्रविधि विकास गरी बैंकको क्युआर प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमको आकस्मिक वित्तीय आवश्यकतालाई ध्यानमा राखी २ लाख रूपैयाँसम्मको एनएमबी सजिलो क्युआर कर्जा प्रदान गर्नेछ।

Advertisement

विद्युतीय कर्जा प्रणाली विस्तार गर्ने, कर्जा प्रक्रिया सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उद्देश्यका साथ सुरू गरिएको यो कर्जाबाट ग्राहकको व्यवसायलाई आवश्यक आकस्मिक वित्तीय आवश्यकता पूरा गर्न मद्दत पुग्ने बैंकको विश्वास छ। यसबाट व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै बैंकले प्राथमिकतामा राखेको डिजिटाइजेसनको लक्ष्य प्राप्तिमा कोशेढुंगा सावित हुने विश्वास पनि बैंकको छ।

एनएमबी द फाइनान्सियल टाइम्स, लन्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ द्वारा सम्मानित बैंक हो।

एनएमबीले सन् २०१७, २०१८, २०२० र २०२१ मा गरी चारपटक उक्त उपाधि पाइसकेको छ।

बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ।

लेखकबाट थप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर